Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

हड्डी पाक्ने रोगबाट पडित राजीलाइ निशाको सहयोग

सुर्खेत ।
ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट पिडत भइ जीवन रक्षाको माग गरिरहेका सुर्खेतको पन्चपुरीका एक बालकको उपचारमा युवा समाजसेवी निशा हमालका विभिन्न ग्रुपबाट आर्थिक सहयोग भएको छ ।

आर्थिक अवस्था सारै दयनिय भएका पञ्चपुरी नगरपालिका वडा नं १० चाम्रीका १५ बर्षिय चन्द्र बहादुर राजीको उपचारमा वीरेन्द्रनगर २ का युवा समाजसेवी हमाल लगायतको टिमले नगद रु ३१ हजार ५ रुपयाँ सहयोग गरेको हो । युवा समाजसेवी हमाल लगायतको टिम अनलाइन फेमिना ग्रुपबाट नगद रु ५ हजार, सिस्टर जोन मार्फत रु ५ हजार, आफन्त, टोलविकास समुह लगायतबाट नगद रु २१ हजार ५ रुपयाँ सहयोगका लागि आग्रह गरेको समाजसेवी हमालले बताउनुभयो ।


केहि दिनदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा १५ बर्षिय राजीको आर्थिक अवस्था सारै कम्जोर भएकाले उपचारमा सारै समस्या भएको समाचारहरु प्रकाशन तथा प्रसारित भएका थिए । विभिन्न सञ्चार माध्यममा आएको जानकारीका कारण विरामी बालकको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अनलाइन फेमिना ग्रुपका सञ्चालक हमाल लगायतको टिमले सिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

१५ बर्षिय राजी बालकको दुवै खुट्टा हड्डी पाक्ने रोगबाट ग्रहित भएको र उपचारमा आर्थिक अभाव भएका कारण करिब ३ हप्तादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसियुमा भर्ना भएका छन । दुबै खुट्टा पाकेको अवस्थामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड, अप्रेशन, तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको भनाइ छ ।

आर्थिक अवस्था ज्यादै कमजोर भएका १५ बर्षिय राजीको उपचारमा सहयोगी मनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले जानकारी दिएको छ ।