सुनको भाउ अहिलेसम्मकै उच्च
काठमाडौं ।
नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
बढ्दो मूल्य र अफसिजनका कारण बजार सुन बजारमा मन्दी छाएको व्यवसायी महासंघले जनाएको छ ।
कोभिड १९ को असर फैलिदो क्रलममै रहँदा सुनको भाउ अझै बढ्न सक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
अन लाइन खबर






