Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

विभिन्न पालिकालाई खाद्यान्न सहयोग

दैलेख |

दैलेखमा विभिन्न पालिकालाई खाद्यान्न सहयोग गरिएको छ । अस्ट्रेलियन एण्ड, कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थिक सहयोग र एकता फाउण्डेसन नेपालको सहजिकरणमा नेपाल जीविकोपार्जन तथा उत्थानशील परियोजना अन्तर्गत बालबालिका तथा युवा सशक्तीकरण कार्यक्रमले विभिन्न पालिकालाई खाद्यान्न लगायतका सामाग्री सहयोग बापत हस्तान्तरण गर्दै आएको छ ।

मङ्गलवार भएको सहयोग स्वरूप खाद्यान्न हस्तान्तरण कार्यक्रममा खाद्यान्न बुझ्दै नगर प्रमुख रत्नबहादुर खड्का ।

विश्व नै कोरोनाका भाइरस (कोभिड–१९) आक्रान्त बनिरहेको बेला दैलेखमा क्रियाशील केही सङ्घ संस्थाहरूले विभिन्न पालिकामा रहेका गरिब विपन्न तथा आर्थिक स्थिति कमजोर भएका नागरिकलाई लकडाउनको समयमा केही मात्रमा राहत उपलब्ध गराउँदै आएका हुन । मङ्गलवार जिल्लाको नारायण नगरपालिकाका विभिन्न क्वारेनटिन तथा आईसुलेसमा रहेका ६० जनालाई प्रयोग गर्न मिल्ने करिब १४ दिनको लागि पोषणयुक्त खाना अण्डा, चना, हर्लिक्स र, स्वास्थ्य सामाग्री थर्मा गन, एन ९५ मास्क, ग्वोलाेप्स, सेनेटाईजर, अन्य मास्क पिपिई सेट हाईजिङ् किड, गरि नारायण नगरपालिकामा जम्मा १ लाख १९ हजार तीन सय बिस रुपयौँ बराबरको सामाग्री सहयोग स्वरूप हस्तान्तरण गरिएको छ ।

त्यस्तै मङ्गलवार नै जिल्लाको दुल्लु नगरपालिकामा १ लाख ९ हजार आठ सय १० दुई वटा पालिकालाई २ लाख २९ हजार १ सय तीस बराबरको खाद्यान्न र सरसफाई , स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको एकता फाउण्डेसन नेपाल जीविकोपार्जन तथा उत्थानशील परियोजनाका कार्यक्रम अधिकृत जनक प्रसाद अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका दैलेखका १४ जना ससत्र प्रहरी बल दैलेखका २९ जना बसन्तमाला माध्यमिक विद्यालय किमुगाउँ दैलेखको क्वारेन्टिनमा रहेका १२ जनालाई नारायण नगरपालिकाको समन्वयमा स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काको सहभागिता सामाग्री हस्तान्तरण गरिएको नेपाल जिविको पार्जन तथा उत्थानशिलता परियोजना अन्तर्गत बालबालिका तथा युवा सशक्तीकरण कार्यक्रमको कार्यक्रम लेखा सहायक पार्वती रेग्मीले जानकारी दिइन ।

युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको उक्त परियोजनाले यस अघि विभिन्न चरणमा विभिन्न पालिकालाई सहयोग गर्दै गरेको थियो ।