आजको राशिफल
मेषः आफन्तमा विवाद तथा आँखाको समस्याले सताउला ।
बृषः भाग्योदयको समय रहेको छ । मिष्ठान्न भोजन प्राप्त होला ।
मिथुनः शत्रु भय तथा मानसिक चिन्ताले सताउनेछ ।
कर्कटः अतिथीको सेवा गर्ने अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
सिंहः विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । आफुले गरेको काममा सफलता प्राप्त होला ।
कन्याः मान्यजनहरुबाट धोका हुनाले मनमा अशान्ति छाउनेछ ।
तुलाः आर्थिक संकटको कारण परिवारमा खट्पट् पर्नसक्नेछ
वृश्चिकः स्वादिष्ट भोजन तथा आर्थिक क्षेत्रमा राम्रै सफलता हात पर्ला ।
धनुः मित्रजनवाट सुख तथा मानसम्मान मिल्नाले हर्ष बढ्ला ।
मकरः पठनपाठनमा मन नजाने तथा कार्यमा अवरोध आउला ।
कुम्भः पेट दुख्ने समस्याले सताउँदा भोजन तथा निद्रामासमेत समस्या आउला ।
मीनः आफन्तबाट सहयोग मिल्नाले सुखको अनुभूति हुनेछ ।







