Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

दैलेखमा बालीनाली नष्ट गर्दै सलह

सुर्खेत ।
दैलेखको भगवतीमाईमा सलहले बालीनाली नष्ट गर्न थालेको छ । सलहको करोडौको झुण्ड पुगेपछि स्थानीय किसानहरु हैरानी खेपिरहेका छन् । सलह भगवानका लागि विभिन्न उपायहरु गरेपनि सलह मकैमारीमा छपक्कै बसेको छ । भगवतीमाईको सान्तडा, मेहेलतोली, तुर्सुलगायतका गाउँमा अहिले सलहले बालीनाली नष्ट गरिरहेको स्थानीयहरुले बताएका छन् ।

यसैगरि दैलेखको गुराँस गाउँपालिकामा साउनको महिना जब जोडतोडले बाजा बज्न थाल्यो तब सबैको मन आत्तियो कहाँ के भयो भनेर । तर त्यो बाजा कुनै सुखदुःख वा रमाइलोको लागि नभई बाध्यतामा परेर बजाउनु परेको थियो । करोडौको संख्यामा गुराँसमा आइपुगेका सलहलाई भगाउनका लागि बजेको थियो ।

सुर्खेत हुँदै सलहको हुल दैलेख पुगेको छ । कर्णालीका ९ जिल्लामा फैलिएको सलहले किसानहरुलाई आतंकित पारेको छ । स्थानीयहरुले सहल भगाई आफ्नो बालीनाली जोगाउनका लागि बाजा बजाए, थाल ठटाए भने आगो बालेर धुवाँ पुत्ताउने गरेका छन् ।

Image may contain: plant, grass, tree, outdoor and nature