ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा
काठमाडौं ।
विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ । शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।






