यस्ता छन् प्रदेश सरकारका निर्णयहरु
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले उक्त निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७७ साल असार २८ गते आइतवारको बैठकमा भएका निर्णयहरु कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि २०७५ को तेस्रो सशोधन स्विकृत गर्ने, कर्णाली प्रदेश आन्तरिक लेखापरिक्षण निर्देशिका २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्रि निर्देशिका २०७७ स्वीकृत गर्ने, प्रदेशमा समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण ( पिआइएस ) अद्यावधिक गर्ने सम्बन्धमा प्रदेश समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण (पिआइएस) अद्यावधिक गर्नको लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने । साथै प्रदेशका कर्मचारीहरुको वैयत्तिक विवरण अध्यावधिक गर्नका लागि मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाइ नियन्त्रित पहुँच (ऋयलतचयििभम ब्अअभकक) उपलब्ध गराउन समेत अनुरोध गर्ने र मन्त्रालयहरुवाट मन्त्रिपरिषदमा पेश हुने कानुनी विषय जोडिएका दस्तावेजहरुलाइ कानुनी रुपले परिपक्क बनाउने सम्बन्धमा मन्त्रालयहरुले मन्त्रिपरिषदमा पेश हुने कानुनी दस्तावेज र प्रस्ताव( कानुनी विषय जोडिएका ) तयार गर्दा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयका सचिव (कानुन) लाइ समेत अनिवार्य रुपमा सहभागी गराउने निर्णयहरु भएको प्रवक्ता केसीले जनाउनु भएको छ ।






