Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

पूजा गर्न गएकी एक महिलाको मृत्यु

सुर्खेत,
साउन महिनाको पहिलो सोमबार औसी पनि परेपछि सुर्खेतका प्रायः शिव मन्दिरमा भक्तालु तथा श्रद्धालुहरुको भीडभाड थियो । सुर्खेतको बराहताल ५ भट्टेघारीमा रहेको मन्दिरमा पनि थुप्रै भक्तजनहरु लाइनमा थिए । त्यही लाइनमा लागिरहेकी एक बृद्ध महिला अचानक बेहोस् भएर ढलिन् ।

त्यसरी बेहोस् भएर ढलेकी ती महिलाको सोमबार दिउँसो नै मृत्यु भएको छ । साउने सोमबारको पूजा गर्न गएकी बराहताल गाउँपालिका–५, भट्टेघारीका ६० वर्षीय लक्ष्मी शाहीको मृत्यु भएको हो ।

पूजाका लागि लाइनमा बसेकी उनको एक्कासी बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । खास के कारणले रहेछ भन्ने बारेमा अनुसन्धानपछि मात्र बताउन सकिने प्रहरकिो भनाई छ ।