Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

विश्वका सबैभन्दा धेरै काेराेना जोखिम भएका १५ देश

नेपाल ६२ अाैं स्थानमा

५ साउन, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ६ लाख क्रस भएको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ६ लाख ९ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४६ हजार बढी संक्रमित भएका छन् । ८७ लाख ७५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४० जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।

कुन देशमा  कति संक्रमित कति ?

१. अमेरिका – ३,८९८,६३९
२.  ब्राजिल – २,०९९,८९६
३. भारत – १,११९,४१२
४. रसिया( ७७७,४८६
५. दक्षिण अफ्रिका( ३६४,३२८
६. पेरु – ३५३,५९०
७. मेक्सिको– ३४४,२२४
८. चिली –३३०,९३०
९.  स्पेन – ३०७,३३५
१०. यू। के –२९४,७९२
११.इरान – २७६,२०२
१२.पाकिस्तान – २६५,०८३
१३.साउदी अरब – २५०,९२०
१४ .इटाली – २४४,४३४
१५. टर्की – २१९,६४१
६२. मा नेपाल – १७,६५८