Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नेता शाही कोरोना मुक्त

सुर्खेत ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व संघीय मन्त्री एवं कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण भएको १०औ दिनमा गरिएको स्वास्थ्य परिक्षणमा कोरना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।

स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका थिए । शाहीलाई कोरोना पुष्टी भएपछि कर्णाली प्रदेश सभा केही दिनको लागि स्थगित भएको थियो ।

तर नेता शाही उच्च मनोवलका साथ कोरोनाको युद्धमा विजय भएका छन् । जस्तो परिस्थितिमा उच्च मनोवोलका साथ अघि बढे कोरोनालाई जित्न सकिने तथा नआत्तिन नेता शाहीले सबै कोरोना संक्रमितहरुलाई आग्रह गरेका छन् ।