Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

लकडाउनयता तीन सय शिक्षकको गयो जागिर

काठमाडौं ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनयता निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाले जानकारी दिए ।

‘यो हामीकहाँ परेको उजुरी मात्रै हो, निश्कासित शिक्षक–कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्दछ,’ थापा भन्छन्, ‘शिक्षक कर्मचारीलाई निश्कासन गर्न तत्काल बन्द गरियोस् ।’

निश्कासनमा परेका शिक्षक–कर्मचारीलाई तुरुन्त पुनर्बहाली नगरे आफूहरूले कडा आन्दोलन गर्ने थापाको चेतावनी छ । यो विषय शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय सरकारहरूलाई पनि अवगत गराइसकेको थापाले जानकारी दिए ।

जागिरमा बहाल रहेका कतिपय शिक्षक–कर्मचारी पनि तलब सुविधा पाएका छैनन् । देशभरी निजी विद्यालयमा मात्रै दुई लाखभन्दा बढी शिक्षक–कर्मचारी कार्यरत छन् ।