सरकारी पक्षबाटै हत्या हिंसा र भ्रष्टाचार बढ्यो : महामन्त्री खड्का

काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधिहरु बढिरहेको आरोप लगाउनु भएको छ ।
नेपाली काँग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रममा पुर्व गृहमन्त्री समेत रहनु भएका महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमै हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताउनु भएको हो ।
सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा काँग्रेस कमजोर नरहेको बताउनु भयो।
काँग्रेसले सक्रिय प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहेपनि काँग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उहांको भनाइ थियो ।
महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने बताउनु भयो ।






