Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

कोरोनाका कारण संकटमा परेकालाई पपुलरको सहयोग

सुर्खेत ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा रहनु हुने पपुलर बिसीले कोरोनाको कारण संकटमा परेकाहरुलाई खाद्यन्न लगायतका सहयोगहरु गर्नुभएको छ ।

सहयोगी पपुलर बि सी

विश्वमा फैलिएको कोरोनाको महामारीले संकट अवस्थामा रहेका १ सय ११ घर परिवारलाई विसीले सहयोग गर्नुभएको हो । पछिल्लो समयमा सरकारले लकडाउन हटाइसकेको अवस्थामा समेत विपन्न परिवारहरु पूर्व अवस्थामा फर्किन केही समय लाग्ने निश्चित छ । लकडाउन हटेको भनेर सरकार तथा अन्य संघसंस्थाहरुबाट समेत विपन्नहरुको वास्ता हुन छोडेको अवस्थामा पपुलरले गरेको सहयोग उदाहरणीय बनेको छ ।

 


दैलेखको महाबुमा जन्मेर पढाईको सिलसिलामा अष्टेलियामा रहँदा पनि आफ्नो गाउँ समाजमा रहेकाहरुको अप्ठ्यारोलाई मध्यनजर गरि व्यक्तिगत रुपमा चामल, दाल तथा नून बिसीले सहयोग गर्नुभएको हो ।


बुबा देवकिरण बिसी र आमा ज्ञानुकुमारी बिसीका सुपुत्र पपुलर बिसीले ८१ वर्षिया हजुरबुबा राम बहादुर बुढाथोकी मार्फत महाबु गाउँपालिका ३ निवासी ९३ वर्षिया दिपकुमारी पोखरेललगायत कोरोनाका कारण नाजुक अवस्था भएकाहरुलाई सहयोग वितरण गरिएको छ |

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, वडा नं. ३ का वडा अध्यक्ष हिरासिंह बडुवाल लगायत समाजसेवीहरुको उपस्थितिमा  सहयोग सामग्री वितरण गरिएको थियो ।

खाद्यन्न प्राप्त गर्ने कोरोना महामारीका कारण संकट परेका परिवारहरुले पपुलरको उन्नती र प्रगतिको कामना समेत गरेका थिए ।