Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

अझै ३-४ दिन मनसुन सक्रिय रहने

सुर्खेत |

देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ। अझै केहि घण्टा वर्षा जारी रहने सम्भावना रहेको छ भने आज (सोमबार) बाट ३/४ दिन नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै आजै विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा चितवन, धादिङ, तनहूँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी नवलपरासी, कपिलबस्तु‍, रूपन्देही र आसपासका क्षेत्रमा भारी बर्षा भएकाले ती जिल्लाका साना खोलाहरुमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज देशभरको मौसममा सामान्य वदली हुनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ ।

आज राती देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।