Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

गजल

कर्ण सिंह ठकुरी

खराब मान्छेहरुसँग सधैंभरि संगत नगर्नुहोला
जीवनमा कहिल्यै पनि तपाईं गलत नगर्नुहोला

धनाढ्य र भिखारी भनेका पनि उस्तै उस्तै हुन
नाङ्गो छाति र भोको पेट राखी बचत नगर्नुहोला

चन्द्र र ईश्वर दाहिने सधैं सधैं हुदैनन ए हजुर
सक्दैनसक्ने चिजमा धेरै हरकत नगर्नुहोला

ख्याल गर्नुहोला है हावाका पनि कान हुन्छन
आल्तुफाल्तु गफहरु एक प्रतिशत नगर्नुहोला

रुपपछि लागे रुवाई सिपपछि लागे खुवाई हुन्छ
भाग्यमा नलेखेकाहरुका लागि कसरत नगर्नुहोला

एउटा छाताको भरमा घरको छत या भिरबाट
हाम फालेर बिमान झै उड्ने हिग्मत नगर्नुहोला

आफु अनुसार सबैको अौकात र हैसियत हुन्छ
कहिल्यै पनि कुनै मान्छेलाई बेईज्जत नगर्नुहोला