Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

राप्रपाले पायो आईडियू को सदस्यता

काठमाण्डौ ।
राष्ट्रियप्रजातन्त्रपार्टीले सम्वद्र्धनवादी राजनीतिकदलहरुको छाता संगठन“इन्टरनेशनल डेमोक्राटिकयुनियन” को सदस्यताप्राप्त गरेको छ । युनियनकार्य समितिको भर्चुअल बैठकले सदस्यतादिने निर्णय गरेको हो । क्यानडाकापूर्व प्रधानमन्त्री स्टेफनहार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यतादिने प्रस्ताव अष्ट्रेलियाका सत्तारुढ दललिवरल पार्टी अफअष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मदन सिरले स्वागत र समर्थन गर्नुभयो । सिरले दक्षिणएशियालीमुलुकबाटथप सदस्य भएकोमा खुसी व्यक्त गर्नुभयो ।
विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमलथापा सहभागी हुनुभएको थियो। बैठकमा बोल्दै अध्यक्षथापाले संसारका सवै मुलुकहरुको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा थप चुनौतिहरु देखा परेको चर्चा सहित सम्बद्र्धनवादी पार्टीहरुको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताउनुभयो । थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थपमजबुत र सुदृढ तुल्याउन आईडियुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । युनियनको मुल्य, मान्यताप्रति राप्रपाप्रतिवद्ध रहेको भन्दै थापाले विश्वासका साथ सदस्यता प्रदान गरि सहकार्यको निम्ति अवसर प्रदान गरेकोमा युनियन र सम्बद्ध सवैलाई आभार समेत व्यक्त गर्नुभयो ।
संयुक्त राज्य अमेरिकाको वासिङ्गन डिसिमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअल बैठक गरिएको हो । बैठकले नेपाल सहितयुक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो । युनियनको आगामी अन्तराष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।