ओलीलाई प्रचण्डको प्रस्ताव : निकास दिने तत्परतासहित छलफल गरौं
- 1.9Kshares
- Viber
- Facebook Messenger
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् ।
मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।
‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्छ’ प्रचण्डले महासचिव पौडेललाई भनेको थिए, ‘त्यस अनुसार भेटघाट र छलफलका लागि समय मिलाउनुस् ।’ प्रचण्ड महासचिव पौडेलको जवाफको पर्खाइमा रहेको उनी निकट एक नेताले बताएका छन् ।
- Total: 1.9K
- Viber
- Facebook Messenger