Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

व्यावसाय संचालनका लागि उद्यमशीलता तालिम सुरु

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा व्यावसाय संचालनका लागि उद्यमशीलता तालिम सुरु भएको छ । आज (१६ गते) देखि २० गतेसम्म संचालन हुने तालिम वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ९ को धरमपुरटोल अलायाचौरमा सूरु भएको हो ।

 

युएनडिपीको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को समन्वय तथा जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) वीरेन्द्रनगरको आयोजनामा उक्त तालिमको संचालन भएको कार्यक्रम संयोजक अञ्जु रानाले जानकारी दिनुभयो । तालिममा विशेष गरि कोभिड–१९ बाट प्रभावितहरुलाई उद्यमी सिर्जना गर्ने उद्देश्यले तालिम संचालन भएको युएनडिपीका दिपक गर्तौलाले बताउनु भयो ।


कोभिड– १९ का कारण अति प्रभावित १३ महिला र ५ पुरुष गरि जम्मा १८ जनाको सहभागीता रहेको तालिम उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरले भन्नुभयो, ‘तालिमबाट सिकेका कुराहरुलाई व्यहारमा उतारेर व्यावसायी बन्नुहोस् र आफ्नो आय आर्जन बढाउनु होस् । जसको लागि वडातहबाट गर्न सकिने सहयोग गर्न हामी तयार छौं ।’

यसैगरि राष्ट्रिय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले तालिम उद्घाटनमा बोल्दै भन्नुभयो, ‘तपाईंहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण हामी गर्छौ ।’ हामीले उत्पादन गरेको वस्तुहरुले बजार पाउँदैनन् कि बिक्री हुँदैनन् कि भन्ने चिन्ता नगर्न अनुरोध गर्दै सफल उद्यमी बन्नका लागि निरन्तरताको खाँचो पर्ने उहाँको भनाई थियो ।

आफ्नो व्यावसाय सुरु तथा सुधार गर्नुहोस् भन्ने मुख्य लक्ष्य राखिएको उक्त तालिमको उद्देश्य थाह पाएपछि सहभागीहरु हर्षित बनेका छन् । वडाअध्यक्ष मानन्धरको अध्यक्षतामा भएको उद्घाटनमा संस्थाका अध्यक्ष सरिता रावलको उपस्थिति रहेको थियो भने सहजीकरण मोहन रानाले गर्नुभएको थियो । यो तालिम पश्चात सहभागीहरुलाई सीप विकास तालिम दिइने डिमेगाका फिल्ड कर्मचारी खम्बिरा केसीले क्वीकखबरलाई जानकारी दिनुभयो ।