Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

भारतीय गृह मन्त्रीलाई कोरोना सङ्क्रमण

काठमाण्डौ ।

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गृह मन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, “कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था सामान्य छ र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।”साथै उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसोलेसनमा बस्न भनेका छन् ।एजेन्सी