Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

गजल – घनश्याम राना ‘ऋतु”

घनश्याम राना ‘ऋतु”

सम्हाल्नै सकिन,बहकिएर मर्छु भन्ने मन आयो।
हातै नहुनेहरुका लागि, फेरि रक्षाबन्धन आयो।

एसिड छर्कियो र जलाईयो सपनाहरू पनि ,
दाईजो नपाएको शिर्षक,पत्रीकामा बिज्ञापन आयो।

बाचेको सच्चा युग दुश्मनी निभाएर काटियो,
दुश्मन कसरी नर्कको युगमा सज्जन आयो?

आज सडकमा कारको मालिक भो अभिनय ,
घरमा नानिबाबुहरु भोकै सुत्ने समर्थन आयो।