Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

सुर्खेत |

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने भएका छन् ।  आगामी साउन २५ गतेदेखि नागरिकता, राहदानी सिफारिस, संघ संस्था दर्ता, नवीकरण तथा अन्य सिफारिस समेतका सेवा प्रबाह बन्द गरिने भएको हो।

गत साउन २० गतेकाे काेराेना संकट व्यवस्थापन केन्द्रकाे निर्णय अनुसार कार्यालयकाे सेवा बन्द गरिने भएकाे विज्ञप्तीद्वारा जानकारी गराइएकाे छ ।

‘साउन २० को जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार मानिसहरु जमघट हुने गरि कुनै सभा, गोष्ठी, जात्रा, महोत्सवमा रोक लगाइएको भएपनि सरकारी कार्यालयमा भने अत्याधिक सेवाग्राहीको भिड हुने भएकोले र संक्रमण जोखिम उच्च रहने भएकोले अर्को निर्णय नहुने बेलासम्म प्रशासन कार्यालयबाट दिइने अत्यावश्यक बाहेक का सेवा बन्द गरिने’ सुचनामा उल्लेख छ ।