Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश संयोजकमा सेजुवाल

सुर्खेत।

शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश संयोजकमा कलेन्द्र सेजुवाल चयन भएका छन् । बुधबार बसेको समूहको केन्द्रिय कार्यसमिति बैठकले सातै प्रदेशमा प्रादेशिक संरचना विस्तार गर्ने निर्णय गरेसँगै कर्णालीमा सेजुवाललाई संयोजक चयन गरेको हो ।

शिक्षा पत्रकारितामा विशेष रिर्पोटिंग गरेका सेजुवाल कान्तिपुर दैनिकका कर्णाली प्रदेश ब्युरो प्रमुख समेत हुन् । यस्तै समूहले प्रदेश १ मा राधिका खनाल, प्रदेश २ मा दीपेन्द्र सिंह, बाग्मति प्रदेशमा धु्रव अधिकारी, गण्डकी प्रदेशमा केशवशरण लामिछाने, प्रदेश ५ मा मनोज पौडेल र सुदुरपश्चिम प्रदेशमा शिवराज भट्टलाई संयोजक तोकेको छ ।

संयोजकले शिक्षा पत्रकार समूहको प्रादेशिक कार्यसमिति गठन गर्ने छन् ।