आज थपिए ४६४ जनामा कोरोना संक्रमित
काठमाडौं ।
शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
पछिल्लो समयमा देखिएको कोरोना लक्षणसहितको भएकोले र लकडाउन समेत खुलेकोले स्वास्थ्य सुरक्षाका लागि सबै सजग रहन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अनुरोध समेत गरेको छ ।






