जेष्ठ नागरिकको संरक्षण आबश्यक – नगर प्रमुख थापा
सुर्खेत |
जेष्ठ नागरिक संजाल पञ्चपुरीको आयोजनामा जेष्ठ नागरिक भोज कार्यक्रम शनिबार बाबियाचौरको शिबधाममा सम्पन्न भएको छ । कार्यक्रम मा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापा ले जेष्ठ नागरिकको संरक्षणका लागि नगरपालिका ले पनि आबश्यक सहयोग गर्ने बताउनुभएको छ ।
पञ्चपुरी नगरपालिकामा गठन भएको जेष्ठ नागरिक संजालले जेष्ठ नागरिकका समस्या का बारेमा बेला बेला नगरमा जानकारी गरे आबश्यक निति बनाइ अघि बढ्ने बताउनु भयो । साथै थापाले छोरा छोरीहरुले आफ्ना अभिभावकलाइ माया र स्याहार गर्न आग्रह गर्नुभएको छ । आगामि बर्षमा जेष्ठ नागरिक संजालको भबन बनाउने समेत बताउनु भयो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका अन्तरगतका जेष्ठ नागरिक, पुर्व यातायात मन्त्री शिव राज जोशि, नेपाली कांग्रेस नगर कार्य समिति सभापती नरेन्द्र शाहीको समेत सभागिता रहेको थियो ।
कार्यक्रम जेष्ठ नागरिक संजालका अध्यक्ष गगाराम देउवाको अध्यक्षता मा सम्पन्न भएको हो ।






