Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

हाम्रो कृषि तथा पशुपालन सहकारीको साधारणसभा सम्पन्न

सुर्खेत |

हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लि. पञ्चपुरी ५ को तेस्रो चुनावी साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । फुलबारी कृषि तथा पशुपालन सहकारी संस्था र भावर कृषि तथा पशुपालन सहकारी मिलेर बनेको सहकारी ले कृषि क्षेत्रमा काम गर्दै आएको छ । सहकारीको २ करोड ४९ लाख ९६ हजार ५ सय ७४ रुपैया ४० पैसा बराबरको आयब्यय संस्था का कोषाध्यक्ष मानबहादुर वयक ले प्रस्तुत गर्नभएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका उप सभामुख पुष्पा घर्ती ले छोटो समयमा सहकारीले कृषक को मर्म अनुसार काम गरेको हुदा प्रशंसा योग्य रहेको बताउनुभयो । कृषि मन्त्रालयबाट यस अघि पनि सहयोग भएको बताउदै उप सभामुख घर्तिले आवश्यकता अनुसार कृषि क्षेत्रमा लगानी गर्ने बाताबरण भएमा सहयोग को लागि पहल गर्ने बताउनुभयो । ब्यक्ति को आर्थिक अबस्था सुधार ल्याउने सहकारी नै भएको हुदा सहकारीले आर्थिक पारदर्शिता कायम राख्न आग्रह समेत गर्नुभएको छ ।

शनिवार भएको भेलाले भुपेन्द्र सिजापतीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा बिष्णा सावद सचिव टिकाराम खराल कोषाध्यक्ष मानबहादुर बयक रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा उदय सिजाली, मिना बयक, गौकली बुढा, क्षिताराम थापा खगिसरा दर्लामी, निरक बहादुर तारामी र ठगबहादुर कठायत रहनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष शान्तीराज खराल, होमबहादुर रामजाली, खड्कबहादुर थापा लगाएतले साधारणसभाको सफलताको शुभकामना दिनुभएको छ । साधारणसभा कर्णबहादुर तारामीको अध्यतामा सम्पन्न भएको हो ।