दैलेखमा १७ जना कोरोना संक्रमित थपिए
समुदायस्तरमा फैलियो कोरोना
सुर्खेत ।
दैलेखमा सोमबार कोरोना भाइरसका थप १७ जना संक्रमित भेटिएका छन् । नारायण नगरपालिकामा १४ जना र भैरवी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् ।
नारायण नगरपालिकाकमा १४ जना केही दिनअघि संक्रमण पुष्टि भएका बैंक, गैरसरकारी संस्थाका कर्मचारी र एक स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरु हुन् ।
उनीहरुमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको फोकल पर्सन रेग्मीले बताए ।
योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ९५१ पुगेको छ । सोमबारसम्ममा ९०९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । ४२ जना उपचाररत छन् ।






