Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

पहिरोले छिन्चु-जाजरकोट सडकमा गाडी धकल्नुपर्ने बाध्यता

सरकारी लापरवाही

जाजरकोट |

बर्षाका कारण ठाउँठाउँमा सडक भत्किएकोले भेरी करिडोरको छिन्चु-जाजरकोट सडकमा यात्रुले निकै हैरानी पाएका छन् । भत्किएको सडकको यात्राको क्रममा यात्रुहरुलाइ कहिले सडकको वास त कहिले गाडि नै धकेल्नु पर्ने बाध्यता छ ।

सरकारी लापरवाहीले सडकको जाजरकोट खण्डमा यात्रुहरुले गाडी धकलेर जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता देखिएको हो । जाजरकोट खण्डको ३७ किलोमिटर सडक ठाँउ ठाउँमा पहिरोले भत्काएको र आधा दर्जन सडकपुलको काम सम्पन्न नहुँदा निकै सास्ती भोग्नुपरेको यात्रुहरु बताउँछन् ।

संगै शुरु गरेका सुर्खेत खण्डको पुलहरु बनिसक्दा पनि जाजरकोट खण्डका पुलहरु नबन्नु चरम लापरवाही भएको यात्रुहरुले गुनासो गरे । आधाबाटोमा गाडी रोकेर बस्नुपर्ने बाध्यता रहेको जीप चालक निरज पुनले बताए ।

जाजरकोट सदरमुकाम खलंगा बजार पुग्न गाडी चढेका थीर ब. बुढाले यस्तो बिजोगले जोखिम बढाएको र सरकारको चरम लापरवाही भएको गुनासो गरे ।