Loading... आजः ११ आश्विन २०७७, आईतवार । Sunday 27th September 2020

कर्णालीमा थप २४ जना कोरोना संक्रमित

सुर्खेत ।

कर्णालीमा सोमबार थप २४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १७ जना, प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ६ जना र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएको हो । कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ३ पुगेको छ ।

डिस्चार्ज हुनेको संख्या १ हजार ८८० पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । हाल कर्णालीमा ११७ जना मात्र कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।