Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

उपभोक्ता समितिका अध्यक्षलाई २ लाख कमिसन

सुर्खेत |

बिकास निर्माणको काम सम्पन्न भएको हिसाब खोज्दा उपभोक्ता समितिका अध्यक्ष लाई २ लाख कमिसन दिएको खुलासा भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ५ मा बाटो निर्माणको क्रममा यस्तो भएको खुल्न आएको छ । निर्वाचन क्षेत्र बिकास कोषको चक्रपथ निर्माण गर्नको लागि केन्द्र बाट आएको करिव २० लाख बजेटमा समितिको भागबण्डा नहुदा यस्तो भएको बुझिएको छ ।

आ.ब.२०७६÷७७ मा शिद्दपुर नरबहादुर रावलको घरदेखी आपसैनी मुल सडक चक्रपथ कटिङ्ग ग्राबेल योजना नाम दिएको नयाँ सडक निर्माण को काम २०७६ चैत ५ गतेदेखि प्रकृया सुरु भएको हो । योजना सम्झौता को र कामको बारेमा बुझ्दा उपभोक्ता समिति का अध्यक्ष शान्ति देबकोटा रिमालले आफुलाई केही जानकारी नभएको बताईन । हामी समिति का सदस्य आफैले जिम्मा लिएर काम गर्छौ भन्यौँ तर महिला हरुले काम गर्न सक्दैनौं, बर्षातको समय छ, सामाग्री खरिद गर्न गाह्रो हुन्छ, सबै हामी मिलाउछौ दुख गर्नुपर्दैन समितिले हेर्नु पनि पर्दैन भने, हामिले हेरेनौ सबैकुरा सचिवलाई थाहा छ, मलाई हिसाब थाहा छैन उनले भनिन । महिला मात्रै समिति रहेको निर्माण उपभोक्ता समितिमा अहिले कसले कति काम गरेको छ त्यसको कुनै रेकर्ड देखिदैन ।
निर्माण जिम्मा लिएको लिला कन्ट्रक्सनको नाममा १५ लाख ८१ हजारको चेक काटिएको छ ।

यता उपभोक्ता समितिले गरेको सामाजिक परिक्षणमा लिला कन्ट्रक्सनलाई ८ लाख १३ हजार ६ सय, ढुङ्गा खरीद १ लाख ६८ हजार, सत्यवति जनरल अर्डर सप्लायर्स ग्याविन जालि खरिद १ लाख ४४ हजार १२ रुपैयाँ खर्च देखाईएको छ । त्यसैगरी मिस्त्री ज्याला ९६ हजार, अध्यक्ष र लेबर ज्याला ५ लाख ८१ हजार ५ सय ८० र स्थानीय जनश्रमदान २ लाख ९७ हजार गरि २१ लाख ९४ हजार ४ सय ८० रुपैयाँ खर्च भएको देखिएको छ ।

निर्वाचन क्षेत्र बिकास को पुर्वाधार बिकास कार्यक्रम अन्तरगत संचालन गरिएको काम को कसैले पनि अनुगमन नगरि रकम निकासा गरिएको उपभोक्ता समिति को भनाइ छ । उपभोक्ता समिति का कोषाध्यक्ष बिमला बयकले “सबै काम को जिम्मेवारी हामिले (वडा अध्यक्ष होमबहादुर रामजाली र कमल रावत) लिन्छौं तपाईं उपभोक्ता समितिलाई खाजा खर्च बापत १ लाख ५० हजार रुपैयाँ नगद दिन्छौं भने, हामीले हिसाब राखेनौ काम गर्ने बेला सधैं गयौं तर न कामको मुल्यांकन भयो न काम गरे वापतको पारिश्रमिक पाईयो” उनले भनिन । उपभोक्ता समिति का अध्यक्ष रिमालले २ लाख लिएको पैसाबाट आफुले गरेको खर्च कटाएर फिर्ता गर्ने तर लिला कन्ट्रक्सनलाई दिएको पैसा यथार्थ रिपोर्ट नदिए सम्म फिर्ता नगर्ने शर्त राखेकी छन । आफुले हिसाब माग्दा २ लाख रुपैयाँ को चेक लैजाउ र अरु सदस्य लाई बाकि रकमबाट मिलाउछौ भनेको तर अरुलाई खाजा खर्च सम्म नदिएको उनको भनाई छ । सबै समिति बसेर समस्याको साधान गरौ भन्दा समिति को सचिवले समय नदिएको समेत रिमाल ले बताईन ।

बाटो निर्माण भएको केही दिनमा भत्किएको छ भने, प्राबिधिक मुल्यांकन अनुसार काम नहुदा रकम कटौति समेत भएको छ । ६ सय २० मिटर लम्बाई, ३५ ओटा जालि र ९ ओटा होम पाईप हाल्नुपर्ने बाटो मा २० मिटर बाटो कम हुदा रकम कटौती गरिएको नगरपालिका का असिस्टेन्ट सब ईन्जिनियर मानबहादुर बुढाले बताए । यता उपभोक्ता समिति का सचिब रत्ना रावतले उपभोक्ता समितिका अध्यक्षले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको बताईन । खर्च, कामको बिबरण, बिल भरपाई सबै को जानकारी लिने जिम्मेवारी अध्यक्ष कै भएको हुदा यसबाट पन्छिन नमिल्ने बताईन । आफुले लिएको चेक कन्ट्रक्सनकै नाम मा भएको र खर्च को बिबरण प्रस्ट भएको समेत उनको भनाई छ । सचिव रावत ले बाकी २ लाखको रकम उपभोक्ता समितिले गरेको कामलाइ हेरेर लगानी बाड्ने एक्लै अध्यक्षले मात्रै लिन नमिल्ने बताएकी छन ।

वडा नं ५ का अध्यक्ष होमबहादुर रामाजालीले आफुले सहजिकरणको काम मात्रै गरेको र बाकी सबै जिम्मेवारी समितिकै रहेको बताए । बाटोको बिषयमा करिब १५ दिन अगाडी देखी बिबाद सृजना भएको छ । निलो आकाश