Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

‘समीर’ लाई छायाँदेवी चेतनाथ गजल पुरस्कार

सुर्खेत ।
गजल कृति समीरले २०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार प्राप्त गरेको छ । गजलकार प्रकृति प्रेमीको गजल संग्रह ’समीर’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।


२०७६ सालमा प्रकाशित भएका गजल संग्रह मध्ये पुरस्कारको संयोजक बुलबुल पब्लिकेसन्समा प्राप्त गजल संग्रहहरु मध्येबाट निर्णायकको मुल्यांकनमा उत्कृष्ट ठहरिएका तीन संग्रह (प्रकृति प्रेमीको संग्रज ’समीर’, सरु बस्नेतको संग्रज ’रोशनी’ र जुनु खतिवडा ’जून’को संग्रह ’जूनको पाइला’ गत हप्ता सार्वजनिक गरिएको थियो ।

जसमध्ये समीरले पुरस्कार जित्न सफल भएको हो । उक्त पुरस्कार बुलबुल पब्लिकेसन्सको चौथो वार्षिकोत्सबको अवसर पारेर आगामी भाद्र १० गते प्रदान गरिनेछ । यो वर्ष कोभिड महामारीको कारण कुनै औपचारिक र भिडभाड हुने कार्यक्रम गर्न असम्भव भएकोले बुलबुल पब्लिकेसनकै कार्यालयमा सामान्य कार्यक्रमका बीच छायाँदेवी र चेतनाथ पराजुलीको हातबाट पुरस्कार वितरण हुने बताइएको छ ।