भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक
काठमाडौं ।
भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ ।






