प्रदेशको उत्कृष्ट सहकारी ‘जनकल्याण साकोस’
सुर्खेत |
सुर्खेत जिल्ला वी.न.न.पा. १ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. यस बर्षको कर्णाली प्रदेश स्तरीय उत्कृष्ट संस्था भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) ले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।
नेफ्स्कुनको २०७७ श्रावण ३२ गते सम्पन्न भएको ३३ औँ स्थापना दिवसको अवसरमा यो घोषणा भएको हो । जनकल्याण साकोस २०५२ सालमा स्थापना भई निरन्तर सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गरिरहेको छ । गतबर्ष जिल्ला स्तरिय उत्कृष्ट साकोस घोषणा भएको जनकल्याण साकोसले यस बर्ष भने कर्णाली प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ ।
कुल पुँजी १६ करोड र २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण साकोसको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका रहेको छ । पछिल्लो समय संस्थाको समग्र वृद्धि विकास र सदस्य केन्द्रित सेवाले नै संस्थाले उत्कृष्टता हासिल गरेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले बताए ।
व्यवस्थापक न्यौपानेले भने ( ‘हामीले पछिल्लो समय सदस्य सेवालाई विशेष ध्यान दिएका छौ . नयाँ प्रविधिको अवलम्बन गर्दै सहकारी क्षेत्रको सुधारका लागि आवश्यक सबै मापदण्डहरु पुरा गरेका छौ । यसले गर्दा सदस्यहरुको विश्वास बढेको छ भने सँगसँगै संस्थाको कुल पुँजीमा समेत वृद्धि भएको छ । संस्थाले वित्तिय सेवाका अतिरिक्त एस.एम.एस., मोबाइल बैंकिङ र रेमिट्यान्स सेवा समेत उपलब्ध गराएको छ ।’
नेफ्स्कुनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको विकासले गति लिएको संस्थाका अध्यक्ष महेन्द्र प्रसाद शर्माले बताए । अध्यक्ष महेन्द्र प्रसाद शर्माले भने ( ‘प्रोवेशन कार्यक्रमले संस्थाको वित्तिय सूचकहरु सुधार गर्छ, संस्थालाई व्यवस्थित र सुशासन कायम गरि दिर्घकालसम्म स्वस्थ रुपमा सञ्चालन गर्न सहयोग गर्छ ।’
कोभिड (१९ को सामना गर्न संस्थाले स्थानीय तहलाई रु. २ लाख नगद सहयोग समेत गरेको छ । सामाजिक उत्तरदायित्व सहितको वित्तिय सेवा दिईरहेको जनकल्याण साकोसको ध्यये समुदायको उत्कृष्ट वित्तिय र व्यवसायिक साकोस रहेको छ । संस्थाले निकट भविष्यमा नै नेपाल स्तरको ब्राण्डिङ कार्यक्रम प्रोवेशन को ब्राण्ड प्राप्त गरि नेपाल कै गुणस्तर चिन्ह प्राप्त बचत तथा ऋण सहकारीको रुपमा आफुलाई चिनाउने अध्यक्ष शर्माले बताएका छन् ।
यसैगरि विभिन्न सहकारीह? प’रस्कृत समेत भएका छन् . प’रस्कृत ह’ने सहकारीह?मा किसान कल्याण साकोस, सुनसरी, सर्वोत्कृष्ट साकोस (नेपाल भर), नीलकण्ठ महिला साकोस, धादिङ सर्वोत्कृष्ट महिला साकोस (नेपाल भर) डाँफे साकोस, झापा १ नं. प्रदेश स्तरिय उत्कृष्ट साकोस सगुन साकोस, सर्लाही २ नं. प्रदेश स्तरिय उत्कृष्ट साकोस, ज्योती मिर्मिरे सामुहिक साकोस, काभ्रे बाग्मती प्रदेश स्तरिय उत्कृष्ट साकोस, भिमकुल साकोस, गोरखा, गण्डकी प्रदेश स्तरिय उत्कृष्ट साकोस, हाम्रो मध्यवर्ती साकोस, बर्दिया, ५ नं. हाम्रो मध्यवर्ती साकोस बर्दिया ५ नं. , जनकल्याण साकोस, सुर्खेत, कर्णाली प्रदेश स्तरिय उत्कृष्ट साकोस, जनज्योती साकोस, कन्चनपुर, सुदुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट साकोस र जिल्ला बचत तथा ऋण सहकारी संघ, काठमाण्डौँ उत्कृष्ट बचत तथा ऋण जिल्ला सहकारी संघ रहेका छन् .







