निषेधाज्ञाको अवज्ञा गर्नेहरु परे कारवाहीमा
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज भाद्र १ गतेदेखि ५ गते राती १२ बजेसम्म जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कारवाही गरेको छ । चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा भीडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

यो समचार तयार पार्दासम्म निषेधाज्ञाको अटेरी गर्ने १२ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताउनु भयो । यसै गरि उहाँका अनुसार २ महिला र ६३ पुरुष गरि ६५ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाह िगर्ने गरि नियन्त्रणमा दिइएको छ ।
यसैगरि जुम्लामा पनि १२ वटा सवारी साधन नियन्त्रणमा लिइएको र व्यक्तिहरुलाई भने सम्झाइ बुझाइ छोडिएको जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीका अनुसार मुगुमा निषेधाज्ञाको पूर्ण पालना भएको छ । तर साँझ ४ बजेदेखि ६ बजेसम्म अत्यावश्यक सामानका पसलहर खुल्ने भएकोले पनि कसैले अवज्ञा गरेका छैनन् ।
निषेधाज्ञाको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन गरिरहेका छन् ।

हरितालिका तीज पर्व सुरु हुनु अगावै मान्छेको भीडभाड बढ्ने र अनावश्यक रुपमा हुने चहलपहललाई रोक्नका लागि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको भनाई छ ।
निषेधाज्ञाको उलङ्घन गर्नेहरुलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रशासनको भनाई छ । निषेधाज्ञाको अवधिमा दाहसंस्कार कार्यमा समेत बढिमा १५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ । निषेधाज्ञाको समयमा दमकल, झण्डावाल गाडि, प्रहरी, संचारकर्मी, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन बाहेक अरुलाई आवत जावत गर्न रोक लगाइएको छ ।








