Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

पहिरोले घर बगाउँदा एकको मृत्यु, ५ घाईते, एक वेपत्ता

दैलेख ।

गएराती राती परेको अविरल बर्षाका कारण गएको पहिरोले घर बगाउँदा ठाटीकाँध गाउँपालिका–४ गैरे–गाउँमा एकै परिवारका ४ जना सहित ५ जना घाईते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

यस्तै एक जना अझै पनि वेपत्ता छन् । उनको खोजी कार्य अहिले जारी रहेको बताईएको छ ।

स्थानीय ५० बर्षीय टिकाराम कठायतको घरमाथिबाट ९करिब २ सय मिटर० खसेको पहिरोले उनको घर बगाउँदा गएराती साढे ११ बजेतीर टिकाराम सहित उनकी श्रीमति ४५ बर्षीय धनसरा कठायत, छोरी १७ बर्षीय बेल कठायत र माइलो छोरा १५ बर्षीय समसेर कठायत घाईते अबस्थामा भेटिएको स्थानीय ९आफन्त० वीरेन्द्रबहादुर कठायतले जानकारी दिए ।

मृत्यु भएका १२ बर्षीय जनक कठायत टिकारामका कान्छा छोरा हुन् ।

यस्तै अर्का करिब ३५ बर्षीय गम्म नेपाली पनि घाइते अबस्थामा भेटिएको उनले बताए । घाईतेको अबस्था जटिल छ,’उनले भने ।
वेपत्ता भएका स्थानीय दानबहादुर कठायतका छोरा १२ बर्षिय लोकेश कठायत हुन् ।

उनी मृत्यु भएका जनकका साथि भएकाले उनी सँगै सुत्नका लागि आएका थिए । टिकारामका जेठा छोरा भुपेन्द्र कठायत भने घर भन्दा बाहीर थिए ।

अहिले घटनास्थलमा रहेका उक्त, वडाका वडा अध्यक्ष रमेश बहादुर सिजापतीका अनुसार पहिरोले ठुलो मात्रामा भौतीक क्षती पु¥याएको छ ।
घरभन्दा माथिबाट पहिरो खसेकाले टिकारामका २ ओटा घरमा पुर्ण रुपमा क्षती भएको छ,’भने घरमा रहेको सुन, साढे ४ लाख भन्दा धेरै रुपैयाँ पहिरोमै हराएको बताईएको छ । यस्तै ४ ओटा घरमा पनि केही मात्रामा क्षती भएको छ ।’

यस्तै हाइड्रो पावरको पावर हाउसमा समेत पुर्ण रुपमा क्षती हुनका घरभन्दा तल फाटमा रोपीएको धानखेती पुर्णरुपमा क्षती भएको अध्यक्ष सिजापतीले जानकारी दिए । भने, थप विवरण आउन बाँकी नै छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले घटनास्थल तर्फ प्रहरी गइरहेको बताए ।