Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

आज तपाईंको जिमेल चलेको छैन?, अरूको पनि छैन

काठमाडौं । आज केही घन्टादेखि जिमेलको इमेलमा कुनै फाइल एट्याच गरेर पठाउन खोज्दा वा जाँदै नगएको समस्या भोगिरहनु भएको छ? यस्तो समस्या भोग्ने तपाईं एक्लो होइन।

संसारका विभिन्न भागका जिमेल प्रयोगकर्ताले केही घन्टादेखि यही समस्या झेलिरहेका छन्।

जिमेलसँगै गुगल ड्राइभमा पनि समस्या देखिएको छ। ड्राइभमा फाइल अपलोड र डाउनलोड नै हुँदैन। न पहिलाको फाइल अरूलाई पठाउन सकिन्छ।

केही प्रयोगकर्ताहरूले भने जिमेलको लगइनमै समस्या भइरहेको गुनासो गरेका छन्। नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न ४२ देशमा यस्तो समस्या देखिएको जिमेलले जनाएको छ।

गुगलको जि सुइटले के समस्या भएको हो अनुसन्धान गरिरहेको र छिट्टै समस्या समाधान गर्ने बताएको छ।सेतोपाटीबाट ।