Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

प्रदेश स्थापना दिवसमा पुरीले दिए शुभकामना

सुर्खेत – कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा राप्रपा केन्द्रीय सदस्य कबिराम पुरीले सुभकामना दिएका छन्। विहिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै नेता पुरीले सहिदहरु प्रति श्रदान्जली तथा सहिद परिवारमा गहिरो सम्वेदना प्रकट गरेका छ्न्।

उनले कर्णाली प्रदेश सरकारले नागरिकका चाहाना अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन्। बिज्ञप्तीमा भनिएको छ “हामीले एउटा नयाँ प्रदेश जन्माएर मात्र जिम्मेवारी पूरा हुदैन , सुशासन र समृद्धिको जगमा कर्णालीबासी जनताको मुहारमा हासोखुसी ल्याएको दिनमा त्यसको सार्थकता पुष्ठि हुनेछ । त्यो दिशामा यहाँको सरकार,राजनैतिक दल र सम्पुर्ण नागरिकहरु होमिनु अपरिहार्य छ ।”

पुरी द्वारा जारी बिज्ञप्ती

कबिराम पुरी तत्कालीन अखण्ड मध्यपश्चिम आन्दोलनको अगुवा थिए , पछि गएर प्रदेशको नामाकरण कर्णाली प्रदेश भएको थियो।