Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

बाबुछोरा नै बिरामी हुँदा खत्री परिवारमा समस्यामा

आर्थिक सहयोगको अपिल

दैलेख ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. ५ का १० बर्षिया बालकको आँखामा समस्या हँुदा आँखाको नानी नै बाहिर निस्केको छ । गएको चैत्र महिनामा एक्कासी आँखा चिलायो । आँखा चिलाएपछि आखाँमा चिसो पसेर आँखा चिलाएको हुन सक्ने ठानेर घर परिवारले त्यति ध्यान दिएनन् । दिन बित्दै जाँदा आँखा सन्चो हुनुको साटो झनै आँखा सुन्निन थाल्यो । गाउँमै धामीझाक्रीको भरमा ४÷५ महिना बितिसकेको थाहा नै पाएनन्, गाउँमा केही नलागे पछि आर्थिक अवस्था कमजोर भएका परिवारमा छट्पटी सुरु भयो ।


दाँया आखाँको माथिको भाग सुन्निएर बाहिर निस्केको ६ महिनासम्म पनि आँखाको उपचार हुन सकेको छैन् । आँखाको उपचारको लागि परिवारले लाखौ रुपैयाँ खर्च गरीसकेका छन् । आँखाकै उपचारको लागि सुर्खेत, नेपाल्गञ्ज, काठमाण्डौका ठूला अस्पतालमा समेत आँखाको उपचारको लागि छोरालाई लिएको र सबै चिज पैसा नै भएको कारण आफ्नो छोराको दायाँ आँखाको अप्रेसन गर्ने नसकिएको १० वर्षिया भुवन खत्रीकी आमा पबित्रा खत्रिले बताइन् ।

आँखाको उपचारमा लिइरहदा आँखामा मासु पलाएर समस्या भएको र आँखाको अप्रेसन गर्नुपर्ने अस्पतालले जनाएको छ । भुवनका बुवाको अवस्था झनै गाहे छ । केही समय अघि कामको सिलसिलामा भारतमा जाँदा सिम्लामा काम गर्ने सिलसिलामा लडेर उनको ढाडमा भाँच्चिएको कारण डाढको उपचारको लागि मात्र करीब ४ लाख रुपैयाँँ खर्च भई सकेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।


कक्षा ५ मा पढ्ने खत्रीको आँखा उपचारको लागि दुल्लु नगरपालिका वडा नं ५ ले २ पटक गरी करीव ४५ हजार खर्च गरेको छ । २ पटक उपचार गर्दा घर परिवारको र वडाको पैसाले सम्भव नभएपछी उनी दुल्लु नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सबैले आँखाको उपचारको लागि करीव ५० हजार रुपैयाँ उठाएर उनको उपचारको लागि काठमाण्डौँसम्म जानको लागि एम्बुलेन्स र आवश्यक सहयोगको लागि सिफारिस गरिएको दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले बताए ।

पिडाले छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर ग¥यो । १० वर्षिय वालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दुल्लुले सानो सहयोगले काठमाण्डौ जानको लागि सहज होस भन्ने उद्देश्यले सहयोग गरेका क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले जानकारी दिएका छन् ।