Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सुर्खेतको एरिचाैक नजिकै शव भेटियाे

सुर्खेत ।

वीरेन्द्रनगरस्थित एरिचाेक नजिक एक जनाकाे शव भेटिएकाे छ । मंगलबार विहान ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

भेटिएकाे शव वीरेन्द्रनगर–४, भैरवस्थानका ४५ बर्षिय तुल्सीप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए । शवको प्रकृति हेर्दा बाहिरबाट क्षतविच्छेद, घाउचोट केही नदेखिएको र हत्या वा आत्महत्या अनुसन्धान भैरहेको डिएसपी घर्तीको बताए ।

शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल राखिएको छ । शव पोष्टमार्टम गरी आफ्न्तको जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।