Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा थपिए १८ निको भए १५

सक्रिय कोरोना संक्रमितको संख्या ३ सय

सुर्खेत ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १८ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेतमा ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जना र दैलेख अस्पताल दैलेखमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

यसैगरि कोरोनाबाट निको भइ डिस्चार्ज हुनेको १५ रहेको महाशाखाले जनाएको छ ।

साथै कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय मात्रै रहेको छ । मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको हो ।

कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३ सय १३ रहेको छ । जसमा २ हजार ७ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।