Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

गुराँसले गर्यो शिक्षकलाई दश हजार जरिवाना

सुर्खेत ।
दैलेखको गुराँस गाउँपालिकाले तीन जना शिक्षकलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाउने शिक्षकहरुलाई गाउँपालिकाले जरिवाना गरेको हो ।

गुराँस गाउँपालिकाको कृण्णा मावि सानाकाँडामा कार्यरत शिक्षक रोशनी मल्ल, पदम बहादुर नेपाली र कमला कुमारी चन्दलाई छोराछोरी नीजि विद्यालयमा पढाएको भन्दै जनही १० हजारका दरले जरिवाना स्वरुप रकम असुल गराइ गाउँपालिकाको आन्तरिक राजश्व कोषमा दाखिला गराइ सक्कल भौचर गाउँपालिकाको कार्यालयमा पेश गर्न भनिएको छ ।

गाउँपालिकाको कार्यालयले २०७७ असार ३१ गतेको मितिमा पत्रलेखी उक्त कुराको जानकारी गराएको छ । गाउँपालिकाले मिति २०७५ चैत्र २५ गते कुनै पनि शिक्षकले आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पठाए १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।