Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

क्यानडा पठाउँछु भन्दै ठगी गर्ने ३ जना पक्राउ

सुर्खेत ।

क्यानडा पठाईदिन्छु भनि ठगी गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर – ९ घर भई हाल श्रीटोल, धापासी बस्ने ध्रुव थापा, सुर्खेत बिरेन्द्रनगर ९ कि सन्ध्या थापा र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठलाई बुधबार पक्राउ गरिएको हो । सोको विषयमा थप अनुसन्धानको भइरहेको महानगरिय महानगरीय अपराध महाशाखाले जानाएको छ ।

उनिहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई एक्काईस लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।