कर्णालीमा २० संक्रमित थपिए
३८ डिस्चार्ज
सुर्खेत ।
कर्णाली प्रदेशमा शुक्राबार थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन जिल्ला र अन्य प्रदेशका दुई जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार २० जनामा संक्रमण पुष्टि भएको हो ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार ३८ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २२३९ पुगेको छ । शुक्रबारसम्मा कोरोनाका सक्रिय संक्रमित ३४४ जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएएको छ ।






