Loading... आजः २० बैशाख २०८१, बिहीबार । Thursday 2nd May 2024

रा.बा. बैंक सुर्खेत एक साताका लागि बन्द

सुर्खेत ।
राष्ट्रिय बाणिज्य बैंक सुर्खेत एक साताका लागि बन्द भएको छ । राष्ट्रिय बाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि बैंक एक साताका लागि बन्द भएको हो । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएको बैंकले जनाएको छ ।


कर्मचारीमा कोरोना देखिएपछि एकसाताका लागि बैंक शील गर्नु परेको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिनुभयो । संक्रमण पुष्टि कर्मचारी आइसोलेसनमा बस्नु भएको छ भने कार्यालय सेनेटाइज गरिएको छ । पाँच दिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने र रिपोर्ट आएपछि सेवा सुचारु गर्ने ढुंगानाका भनाई छ ।