देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाका ९८० संक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २८२ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । संस्थागत आइसोलेसनमा नौहजार २०१ र होम आइसोलेसनमा सातहजार ८२६ रहेका छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६३ प्रतिशत पुगेको छ । हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।






