आज निजामती सेवा दिवस, सुर्खेतका टीकाराम ढकाल पुरस्कृत
सुर्खेत ।
आज १७ औ निजामति सेवा दिवस । नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको दिवस हो, निजामती दिवस ।

निजामति सेवा दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल पुरस्कृत हुनु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार ढकाललाई निजामति सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको भएपनि बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ । निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् , यस दिवसको अवसरमा सबैलाई शुभकामना ।






