डोल्पामा जिप दुर्घटना हुँदा ५ जना घाइते
गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै
सुर्खेत ।
डोल्पामा जिप दुर्घटना हुँदा पाँचजना घइते भएका छन । त्रिपुरासुन्दरी नगरपालिका-६, रुखबाडामा लु१ज ४२२९ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पाँचजना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जाँदै गरेको जिप सोमबार बिहान १०ः३० बजे दुर्घटना भएको डोल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् ।
तीमध्ये चालक रामबहादुर रोकाय, सवारी धनी नरलाल रोकाय र लोकचन्द्रको अवस्था गम्भीर रहेको सहायक प्रजिअ शर्माले बताइन् । अन्य दुईको अवस्था भने सामान्य रहेको छ ।
गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लिने तयारी भै रहेको छ । जिप सडकबाट करिब ७० मिनेट तल खसेको र आशिंक क्षति भएको बताइएको छ । अनलाइन खबर






