पूर्वमन्त्री थानीलाई पितृशोक
सुर्खेत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ह्दयराम थानीलाई पितृशोक परेको छ । उहाँका ८८ वर्षिय पिता पदमलाल थानीको आज वीरेन्द्रनगर सुर्खेतमा निधन भएको छ ।

विगत केही समयदेखि दम रोगबाट पीडित थानीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जनाउनु भएको छ । उहाँका २ छोरा २ छोरी र श्रीमती हुनुहुन्छ ।
स्व. थानी पञ्चायत कालमा वीरेन्द्रनगर नगर पञ्चायतको वडा अध्यक्ष समेत बन्नु भएको थियो भने उहाँ समाजसेवीका रुपमा परिचित हुनुहुन्थ्यो ।
मृतआत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली ।






