Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

अत्यावश्यक बाहेक बैंकमा नआउनुहोस् : ढुंगाना

सुर्खेत ।
राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रमुख लिलाराम ढुंगानाले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ । एक सातादेखि बन्द रहेको राष्ट्रिय बाणिज्य बैंक सुर्खेतले आजदेखि आफ्नो सेवा सुरु गरेको छ । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सील गरिएको बैंकले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई बैंकका शाखा प्रमुख ढुंगानाले आग्रह गर्नुभएको हो ।


कोरोना भाइरस (कोभिड–१९) को महामारीले बैंकका कर्मचारी पनि अछुत नरहेको भन्दै बैंकका प्रमुख ढुंगानाले सेवाग्राहीलाई अत्यावश्यक काम बाहेक अन्य काममा बैंकमा आएर भीड नगरिदिन अपिल गुर्नभएको हो ।

‘बैंकका चार जना कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ तर पनि सेवाग्राहीलाई सेवा प्रवाह गर्न आइतबारदेखि बैंक खुला गर्दैछौं’ प्रमुख ढुंगानाले भन्नुभयो, ‘सानो काममा पनि बैंक आउँदा भीड बढ्ने र कोरोनाको जोखिम झन बढ्ने खतरा रहेकाले अत्यावश्यकका कामका लागि मात्रै बैंक नआउन सेवाग्राहीलाई अनुरोध छ ।’