जुम्लामा सुरुभयो डा. केसीको १९ औं सत्याग्रह
जुम्ला ।
सत्याग्रही डाक्टर गोविन्द केसीले आफ्नो १९ औं सत्याग्रह सुरु गर्नु भएको छ ।

सोमबार जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उहाँले आफ्नो १९ औं अनसन सुरु गर्नु भएको हो । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्नभन्दै उहाँले अनसन थाल्नु भएको बताउनु भएको छ ।
२०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गर्नुभएको हो ।






