रानीमत्तामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यू
सुर्खेत |
दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको ना ४ ख ७७५५ नम्वरको ट्रक बाक्लो हुसुले सडक नदेखीएपछि दुर्घटना भएको छ । दुर्घटनामा परि ट्रक चालक खैरहनी नगरपालिका १२ चितवनका वर्ष ३५ का इश्वर गर्तौलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनु भयो ।
दुर्घटना हुँदा सडकदेखी २ सय मिटर भिरतिर खसेको जनाईएको छ । रातानाग्लादेखी धरमपोखरा जाने सडकको ३ मिटर नजिक उक्त ट्रक दुर्घटना भएको हो ।
बाक्लो हुसु लागेका कारण सडक देख्न समेत मुस्किल भएकाले दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएका छन् । ट्रक विजुलीको पोल झारेर सुर्खेत तर्फ फर्कदै थियो ।






